युगान्डामा फुटबल खेलिरहेका बालबालिकामाथि चट्याङ पर्दा १० जनाको मृत्यु

युगान्डामा चट्याङले लागेर १० बालबालिकाको मृत्यु भएको छ । अरुआ शहरमा भारी वर्षा भइरहँदा बालबालिका फुटबल खेलिरहेका थिए ।

पानी परिरहेकै समयमा फुटबल खेलिरहेका बालबालिकामाथि चट्याङ परेको बीबीसीले जनाएको छ ।



१३ देखि १५ वर्षका बालबालिकाहरुको मृत्यु भएको बताइएको छ। ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एकको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । घाइते ३ जनाको भने यतिबेला उपचार भइरहेको छ।

सम्बन्धित समाचार