आज सुनको मूल्य बढ्यो

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले बढेको छ भने चाँदीको मूल्य रु २० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम भएको छ ।



हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम थियो ।

(रासस)

सम्बन्धित समाचार