जापानी कम्पनीले मान्छे राखेरै उड्ने कार बनायो (भिडियो सहित)

जापानी कम्पनी स्काई ड्राइभले उड्ने कारको सफल परीक्षण गरेको छ । जापानको इतिहासमै पहिलोपटक मान्छे राखेरै उड्ने कारको सफल परीक्षण गरिएको हो। सीएनएनका अनुसार कारको परीक्षण उडान अगष्ट २५ मा गरिएको थियो ।

उक्त उड्ने कारको नाम एसडी–०३ भएको बताइएको छ। परीक्षण उडानका क्रममा उक्त कार ४ मिनेटसम्म हावामा उडेको थियो ।



स्काई ड्राइभका प्रमुख कार्यकारी अधिकृत तोमोहिरो फुकुजावाले उड्ने कारलाई व्यापारीकरण गर्ने योजना भएको जानकारी दिएका छन् । उनले उड्ने कार सुरक्षित र सहज हुने दाबी गरे । उनले यस्ता कार सुलभ हुने पनि जानकारी दिएका छन् ।

चाँडै उड्ने कार मानव जीवनको नयाँ तरिका बन्ने उनको विश्वास छ ।

सम्बन्धित समाचार