नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।
देशभर कोरोना भाइरस महामारीका बेला कार्जे डटकमले आफ्नो सेवा शुरु गरेको छ । कहिले पण्डितको अभाव त कहिले पुजा सामाग्रीको अभावले गर्न चहेको कार्जे अधुरो रहनु परेको यथार्थलाई मध्यनजर गर्दै यो नयाँ सर्भिस आएको हो ।
यो एप्स मार्फत अब घरमै बसेर जन्म देखि मृत्यु सम्मका सम्पूर्ण पूजा सामाग्रीहरु, आवश्यक व्राह्मण तथा पण्डितहरुको अर्डर, ग्राहकको अनुकूल हेरि अनलाइनबाटै कर्मकाण्ड गराउनुका साथै, ज्योतिष बास्तु सम्बन्धी सम्पूर्ण जिज्ञासाको समाधान गर्न सकिने र ज्योतीषिय चिना टिप्पनहरु बनाउनको लागि अर्डर गर्न सकिने संस्थापक अध्यक्ष गुरु भण्डारीले जानकारी दिए ।
उनले भने, ‘यो एप्सबाट नेपालभर मात्र नभइ विश्वभरि छरिएर रहेका सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाई सहयोग पुग्नेछ, यसैलाई मध्यनजर गरेर हामीले यो एप्स सञ्चालनमा ल्याएका हौँ, यो सेवा लिनका लागि गुगलमा गएर ‘kaarje.com’ सर्च गर्न वा मोबाइल फोनमा हाम्रो एप्स डाउनलोड गरि लग इन गरि अर्डर गर्न सकिनेछ ।’
उनले थपे, ‘यो एप्सबाट पूजा सामग्रीमात्र र पण्डित तथा पूजा सामग्री दुबै सुविधा लिन सकिनेछ ।’ अहिले वेबसाइट मात्र लञ्च गरिएको र छिटै नै एप लञ्च गरिने पनि जानकारी दिए । अहिलेलाई भने वेबसाइटबाटै कन्ट्याक गरेर सेवा लिन सकिने उनले बताए ।