अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप परीक्षण तत्काललाई स्थगित

अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्ध खोप तत्कालका लागि मानवमा परीक्षणमा रोक लगाइएको छ । बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्ति बिरामी परेपछि खोप परीक्षण रोकिएको हो ।

पहिलो र दोस्रो चरणको परीक्षणमा सफल देखिएको उक्त खोप बजारमा चाँडै आउने अपेक्षा गरिएकोमा अब केही ढिलाई हुन सक्ने जनाइएको छ ।



केही सातायता सुरु भएको तेस्रो चरणको परीक्षणमा अमेरिका, यूके, ब्रजिल र दक्षिण अफ्रिकामा गरेर झन्डै ३०,००० व्यक्ति सहभागी छन् ।

सम्बन्धित समाचार