भक्तपुरमा एकै घरका तीन जनासहित कुकुर पनि मृत भेटियो

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा तीनैजना मृत अवस्थामा भेटिएका छन्। सोहि घरमा पालिएको कुकुर पनि मृत भेटिएकोले उनीहरुको हत्या नै भएको हुनसक्ने आशंका गरिएको छ ।

नगरपालिकाको निकोसेरामा बाबुआमा र छोराको शव भेटिएको हो। मृत फेला पर्नेमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी छन् ।



शव गन्हाइरहेको अवस्थामा रहेकाले केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। हत्या आशंकामा अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार