भारतमा एकैदिन भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

पछिल्ला तथ्यांक हेर्दा भारतमा प्रतिघण्टा ४ हजार २३ जनामा कोरोना संक्रमण देखिएको छ । हरेक घण्टा ५० जनाको मृत्यु भइरहेको छ । देशमा पछिल्लो १० दिनमा ९ लाख ४० हजार संक्रमित देखिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतका नौ राज्यमा मात्रै ७४ प्रतिशत कोरोनाको घटना छन् । यसमा महाराष्ट्र, कर्नाटक र आन्ध्र प्रदेश सबैभन्दा बढी प्रभावित छन् ।

यी तीन राज्यमा मात्रै कुल संक्रमिय संक्रमितमध्ये ४८.४८ प्रतिशत रहेका छन् । शुक्रबारका दिन भारतमा ९७ हजार ६ सय ५४ जनामा कोरोना संक्रमण देखिको छ । यो आजसम्मकै उच्च रेकर्ड हो । यसअघि विहीबारका दिन ९६ हजार ७ सय ६० जनामा कोरोना देखिएको थियो ।



अहिलेसम्म ३६ लाख २१ हजार ४३८ जना निको भइसकेका छन् । भारतमा अहिलेसम्म ७७ हजार ५०६ जनाको मृत्य भइसकेको छ । शुक्रबार मात्रै १ हजार २०२ जनाको मृत्यु कोरोनाकै कारण मृत्यु भएको थियो ।

सम्बन्धित समाचार