अक्सफोर्ड विश्वविद्यालयले कोरोना विरुद्धको खोपको पुन : परीक्षण गर्ने

अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरस विरुद्धको खोपको पुनस् परीक्षण सुरु गर्ने भएको छ । बेलायतमा भइरहेको तेस्रो चरणको विस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका केही व्यक्तिमा रियाक्सन देखिएपछि केही दिनअगाडि खोप परीक्षण रोकिएको थियो ।

विश्वविद्यालयले एस्ट्राजेनेकासँग मिलेर खोप बनाएका हो । धेरै संख्यामा खोपको परीक्षण गर्दा केही व्यक्तिमा रियाक्सन देखिनु सामान्य भएको भन्दै फेरि परीक्षणलाई निरन्तरता दिन लागिएको बीबीसीको खबरमा उल्लेख छ । बेलायतका स्वास्थ्य सचिव मैट हैनकाँकले रोकिएको खोप फेरि परीक्षण हुन लागेकोमा स्वागत गरेका छन ।



एस्ट्राजेनेका-अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ । तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार