भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, ८२ हजारभन्दा बढीको निधन

भारतमा कोरोना संक्रमणका कारण हालसम्म ८२ हजार ९१ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार २५४ कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिर्टसले जनाएको छ । पछिल्लो २४ घण्टामा ९१ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

भारतमा हालसम्म ५० लाख १८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।



प्रत्येक दिन धेरै संक्रमित पुष्टि हुने देशको सूचिमा भने भारत पहिलो स्थानमा छ । यसैगरी भारतमा हालसम्म ३९ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार