नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका झापालीहरूलाई संगठित गरी आपसमा भाइचारा र बन्धुत्वको सम्बन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित हुँदै झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सक्तो सहयोग गर्ने उद्देश्यका साथ गठन भएको झापाली समाज युएसएको प्रथम अधिवेशन ‘शिक्षामा सबैको पहुँचको लागि सामूहिक योगदान, एक व्यक्ति एक विद्यार्थी हाम्रो अभियान’ भन्ने स्लोगनका साथ भव्य रूपमा सम्पन्न भएको छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रमुख अतिथिको रूपमा झापाली समाज युएसएको भर्चुअल अधिवेशनको उद्घाटन भएको घोषणा गर्दै समाजले गर्न लागेको शैक्षिक अभियानको प्रशंसा गर्दै प्रदेश सरकारले आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
सभामा विशेष अतिथि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाजको यस अभियानले शैक्षिक क्षेत्रको सुधारमा महत्वपूर्ण योगदान रहने बताउँदै समाजलाई यस अभियानलाई झापा जिल्लामा मात्र सीमित नगरी २ नं. प्रदेश र कर्णाली प्रदेशका केही जिल्लामा पनि सुरू गर्न आग्रह गरे भने नेपाल सरकारका पूर्व मुख्यसचिव डा. भोजराज घिमिरेले अधिवेशनको सफलताको कामनाको सन्देश पठाउँदै समाजको ‘एक व्यक्ति एक विद्यार्थी’ अभियानको प्रशंसा गरे । साथै उनी आफूले पनि एकजना विद्यार्थीलाई उच्च मावि तहसम्म अध्ययन गर्न सहयोग पुर्याउने जानकारी दिए । उनले यो अभियान बीचैमा नरोकियोस् भन्दै यसको निरन्तरताका लागि गम्भीर बन्न आग्रहसमेत गरे ।
यसैगरी नेपाल बारका पूर्व केन्द्रीय उपाध्यक्ष तथा झापा विकास मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले यो अभियान अत्यन्त प्रशंसनीय भएको र झापा विकास मञ्च यो अभियानमा एक साझेदारीको रूपमा सँगै काम गर्न तयार रहेको जानकारी गराए । जिल्ला सहकारी संघ, झापाका अध्यक्ष गणेश ढकालले यस अभियानले जिल्लाको शैक्षिक क्षेत्रको सुधारमा उल्लेखनीय योगदान पुर्याउने र जिल्ला सहकारी संघले यस अभियानमा एक स्थानीय साझेदारको रूपमा निष्पक्ष र पारदर्शी रूपमा काम गर्दै लक्षित समुदायसम्म यस अभियानलाई पुर्याउने वचनवद्धता व्यक्त गरे ।
अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय अध्यक्ष छत्र सुब्बा (हङकङ) तथा संरक्षक दिनेश पोखरेल ¬(अष्ट्रेलिया) दुवैले यस शैक्षिक अभियानलाई अमेरिकाले सुरू गरेको भए पनि अन्तर्राष्ट्रिय झापाली समाजकै अभियानको रूपमा रहेको र संसारभर रहेका झापालीहरूलाई यस अभियानमा सामेल गराउने बताए । सभामै अझासका वरिष्ठ उपाध्यक्ष दीपक खनाल (अष्ट्रेलिया) ले एकजना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्मको अध्ययनमा सहयोग पुर्याउने प्रतिवद्धता जाहेर गरे ।
मन्तव्य व्यक्त गर्ने क्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले शैक्षिक संस्थामा हुने राजनीति बन्द भए आधा शैक्षिक क्षेत्रको समस्या समाधान हुने विचार व्यक्त गरे । साथै आफूले यस अभियानमा सक्दो सहयोग गर्ने वचनबद्धता पनि जाहेर गरे । संसारभर रहेका झापाली समाजका राष्ट्रिय समितिहरूको तर्फबाट शुभकामना दिँदै युएइका राष्ट्रिय अध्यक्ष अशोक चापागाइँ (दुबई) ले यस अभियानमा झापाली समाज युएइले पनि साथ दिने बताउँदै झापाली समाज युएइले नेपालमा रू. १५ लाखको अक्षयकोष स्थापना गरी शैक्षिक क्षेत्रको सुधारमा सहयोग गरिसकेको जानकारी दिए ।
सभालाई कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मा, अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार डा. शम्भु ढुंगाना, एएनएका अध्यक्ष खगेन्द्र अधिकारी, झापाली समाज युएसएका सल्लाहकार तथा मिशन रिविल्ड नेपालका अध्यक्ष डा. मदन उप्रेती, सल्लाहकार प्राडा गोपी उप्रेती, एनआरएन आइसीसी सदस्य यमुना भट्टराई, इन्जाको अध्यक्ष गुणराज लुइँटेल, नेपाल पोलिसी इन्स्टिच्यूटका संस्थापक तथा युएनका रिटार्यड अफिसर केदार नेउपाने (स्वीजरलेण्ड), आइसिए नेपालका संस्थापक अध्यक्ष डा. तत्वप्रसाद तिम्सिना, झापा समाज, काडमाडौका अध्यक्ष डा.आनन्द श्रेष्ठ, अझासका सल्लाहकार मेघराज नेपाल (जापान) आदिले पनि सम्बोधन गरेका थिए । मुकुन्द ढुंगानले सभापतित्वमा नीलम विमलीले संचालन गरेकोे उक्त समारोहमा शैक्षिक अभियानको बारेमा असिस्टेन्ट प्रोफेसर डा. भेषराज मैनाली र जिल्लामा स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामको बारेमा डा. खगेन्द्र दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
अधिवेशनको दोस्रो दिन भएको बन्द सत्रमा डा. शम्भु ढुंगानाले प्रस्तुत गरेकोे विधान संशोधन मस्यौदालाई परिमार्जनसहित पारित गरिएको थियोे । सभाले समाजका महासचिव निलम विमलीले प्रस्तुत गरेकोे संगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष डिल्ली थापाले प्रस्तुत गरेकोे आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।
प्राडा गोपीनाथ उप्रेती संयोजक तथा डा. शम्भु ढुंगाना र खगेन्द्र अधिकारी रहेको निर्वाचन समितिले मुकुन्द ढुंगाना (भद्रपुर) को अध्यक्षतामा क्रमशः वरिष्ठ उपाध्यक्ष यमुना भट्टराइ (दमक), उपाध्यक्षहरू सीता पाण्डे (गौरादह), प्रदीप तिम्सिना (भद्रपुर), नारायण शिवाकोटी (देउनीया), नवीन पोखरेल (बुधवारे), महासचिव नीलम विमली (सुरूंगा), सचिव युवराज खतिवडा (शिवगञ्ज), कोषाध्यक्ष युवराज खनाल (विर्तामोड), सदस्यहरू डा.भेषराज मैनाली (चकचकी), डा.लीला खतिवडा (शिवगञ्ज), खगेन्द्र दाहाल (सुरूंगा), कवीन्द्र सिटौला (चारपाने), टीका पौडेल (गौरादह), प्रसन्न संग्रौला (काकरभिट्टा), मोहन निरौला (दमक), मञ्जु संग्रौला (बुधबारे), डिल्ली थापा (धुलावारी), वेद बस्नेत (दमक), दीपक पाण्डे (गरामुनी), विकास उप्रेती (धुलाबारी), सावित्रा ओली भण्डारी (गौरादह), कृष्ण खतिवडा (गरामनी), मोहन उप्रेती (शिवगञ्ज) र डा. पर्शुराम दाहाल (भद्रपुर) रहेको २५ सदस्यीय समिति सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा पनि गर्यो ।
दुईदिने अधिवेशनको समापन गर्दै पुनः निर्वाचित अध्यक्ष मुकुन्द ढुंगानाले अधिवेशनले दिएको जिम्मेवारी इमान्दारीका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै हाल स्थापना गर्ने भनिएको रू २५ लाखको अक्षयकोषलाई तीन वर्षभित्रमा बढाएर रू १ करोड पुर्याउने र ‘एक व्यक्ति एक विद्यार्थी’ अभियानबाट आगामी तीन वर्षभित्रमा २०० जना विद्यार्थीको उच्च माध्यमिक तहसम्मको अध्ययनमा सहयोग पुर्याउने घोषणा गर्दै शिक्षा नै विकासको प्रमुख आधार भएको हुनाले यस महान् अभियानमा सहयोग गर्न देश र विदेशमा रहनुभएका सवै नेपालीहरूमा आग्रहसमेत गरे ।