नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असाेज ।
भारतमा कोरोना संक्रमणले आजसम्मकै रेकर्ड तोडेको छ । बुधबारका दिन भारतमा ९७ हजार ८५६ जना नयाँ संक्रमित थपिएका हुन । यसअघि ११ सेप्टेम्बरका दिन ९७ हजार ७५४ घटना देखिएका थिए ।
यसैबीच केन्द्रीय मन्त्री नितिन गडकरी पनि कोरोना संक्रमित बनेका छन् । उनले ट्विट गरेर यसको जानकारी गराएका छन् । कमजारी भएपछि रेगुलर चेकअप गर्दा कोरोना पोजिटभ देखिएको उनले बताएका छन् ।
यससँगै भारतमा संक्रमितको संख्या ५१ लाख नाघेको छ । अहिलेसम्म ४० लाख भन्दा बढी निको भएका छन् । बुधबारका दिन मात्रै ८२ हजार ९२२ जना डिस्चार्ज भएका छन् । यसैबीचमा ८३ हजार २३० जनाको मृत्यु समेत भएको छ । गत २४ घण्टामा मात्रै १ हजार १३९ मानिसहरुको निधन भएको थियो ।