यसो गर्यो भने निमोनिया हुनबाट बच्न सकिन्छ

श्वासप्रश्वास सम्बिन्धित एउटा रोग हो निमोनिया । फोक्सोमा भाइरस वा ब्याक्टेरियाको संक्रमण भयो भने निमोनिया हुने गर्दछ ।

निमोनिया हुदाँ फोक्सोमा समस्या आउने गर्दछ । रुघाखोकी निको नभई बढ्दै गएमा पनि निमोनिया हुन सक्छ । निमोनिया हुदाँ शरीरमा आवश्यक अक्सिजनको मात्रा आपूर्ति हुन पाउँदैन । यसले गर्दा मानिसको ज्यान पनि जान सभांवना समेत हुन्छ ।



किन हुन्छ निमोनिया ?
– फोक्सोमा भाइरस, ब्याक्टेरीया र फंगल्सको संक्रमण भएमा निमोनिया हुन सक्छ ।
– लगातारको रुघाखोकीका कारणले पनि निमोनिया हुने गर्दछ ।
– रुघाखोकी नलागी अन्य कारणले पनि निमोनिया हुन सक्छ ।
– एक पटक निमोनिया भएको तर राम्रो उपचार नपाएमा पनि पटक पटक दोहोरीन सक्छ ।
– संक्रमित ब्यक्तिको संर्सगबाट पनि निमोनियाको सम्भावना हुन्छ ।

कसरी बच्ने ?
– रुघाखोकी लागेका मानिसबाट टाढै रहने ।
– बालबालिकालाई निमोनिया विरुद्धको खोप लगाउने ।
– सकेसम्म धुँवा धुँलो लगायतका प्रदुषणबाट बच्ने ।
– निमोनियाको औषधि सेवन गर्दा पुरा डोजसेवन गर्ने ।
– रुघाखोकी चाडैं निको नभए हेलचेक्रयाइ नगर्ने ।

सम्बन्धित समाचार