२० वर्षभन्दा कम उमेरका मानिस कोरोनाबाट सुरक्षित, कोरोनाबाट प्रभाव न्यून

कोरोना संक्रमणले विश्वका थुप्रै कुरा असहज बनाइदिएको छ । मानिसका दैनन्दिन क्रियाकलाप, रोजगारी, घुमफिर, शिक्षा, व्यापार सबै चौपट हुने अवस्थामा पुगेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले २० वर्षभन्दा कम उमेरका मानिसमा संक्रमण अत्यन्तै न्यून हुने बताएको छ । डब्ल्यूएचओका अनुसार अहिलेसम्म संसारमा जति पनि कोरोना संक्रमित छन्, तिनमा २० वर्षभन्दा कम उमेरका बिरामीको संख्या १० प्रतिशतभन्दा पनि कम छ र कोरोनाका कारण मृत्यु हुने यो उमेर समूहका मानिस ०.२ प्रतिशत मात्रै छन् ।



यो सन्दर्भको गम्भीर अध्ययन गर्न अझै बाँकी रहेको डब्ल्यूएचओले बताएको छ । तर, संसारकै अवस्था हेर्दा बालबालिकामा संक्रमण निकै कम छ । २० वर्षभन्दा कम उमेर र बालबालिकालाई यदि संक्रमण भएकै खण्डमा पनि मृत्युदर अत्यन्तै कम छ ।

सम्बन्धित समाचार