सिमानामा चिनियाँ सेना पञ्जाबी गीत बजाउँछन्, हिन्दी भाषामा चेतावनी दिन्छन्

सिमानामा भारतीय सेनालाई हतोत्साहित गर्न चिनियाँ सेनाले पञ्जाबी गीत बजाउने गरेको भारतीय अधिकारीहरुले बताएका छन् । चिनियाँ सेनाले सीमा क्षेत्रमा भारतीय सेनालाई हिन्दी भाषामा चेतावनी दिने गरेको र ठूलो आवाजमा पञ्जाबी गीत घन्काउने गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतीय सैन्य अधिकारीले टाइम्स अफ इन्डियासँग भनेका छन्,  ‘चिनियाँ सेना हाम्रो सेनाको मनोबल गिराउन चाहन्छन् । तर त्रसित हुनुको साटो हाम्रा सेना गीत र संगीतमा झुमिरहेका छन् । यस्ता मनोवैज्ञानिक रणनीतिले भारतीय सेनाको मनोबल टुट्दैन ।’



बुधबार मात्र चीनले भारतलाई गलत क्रियाकलाप बन्द गर्न साथै चिनियाँ सेनालाई जिस्क्याउने कार्य बन्द गर्नुपर्ने बताएको थियो । यससँगै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतीय सेनाले सीमा सम्झौता उल्लंघन गर्दै सीमा मिचेकाले हाल दुई देशबीच तनाव भएको बताएका थिए ।

भारत र चीनबीच वास्तविक नियन्त्रण रेखामा पछिल्लो चार महिनायता टकरावको स्थिती यथावत छ । यद्यपी पछिल्लो समय भारत र चीन विवाद साम्य गर्न तयार भएका छन् ।

सम्बन्धित समाचार