मुक्तिनाथ विकास बैंकद्वारा E-TELLER सेवा सुरु

मुक्तिनाथ विकास बैंक लि.ले कोरोनाको महामारीको विषम परिस्थितिमा ग्राहकहरूले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ‘ई–टेलर’ सेवा सञ्चालनमा ल्याएको छ ।

ई–टेलरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग(इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् । यो सेवा बैंकको सबै शाखाहरूमा उपलब्ध हुनेछ । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेको बैंकबाट जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।



बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरू प्रदान गर्ने उद्देश्यले ई–टेलर सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिजा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

सम्बन्धित समाचार