रुसको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक–भी’ आगामी केही हप्तापछि भारतमा परीक्षण हुँदै, नेपालमा कहिले?

रुसको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक–भी’ आगामी केही हप्ताबाट भारतमा परीक्षण हुने भएको छ । हैदरावादस्थित औषधि निर्माता कम्पनी डाक्टर रेड्डीज ल्याबोरेटरीले रुसको खोपलाई भारतमा परीक्षण गर्न नेतृत्व गर्नेछ ।

रेड्डीज ल्याबोरेटरीका एक अधिकारी दिपक सप्राका अनुसार हजारदेखि २ हजार भारतीयमा रुसको खोप परीक्षण हुनेछ । यो परीक्षण भारतका विभिन्न राज्यमा हुनेछ । रुसमा गत अगष्ट ११ मा नै त्यहाँको सरकारले यस खोप प्रयोगका लागि अनुमति दिएको थियो ।



तर विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायले रुसले तेस्रो तथा मुख्य परीक्षण नगरेको भन्दै आलोचना गरेका थिए । हाल रुसका खोप विभिन्न देशमा परीक्षण भइरहेका छन् । यसबीचमा भारतमा पनि स्पुतनिक भ्याक्सिन मानिसमा परीक्षण हुन लागेको हो । भारतीय संचार माध्यमका अनुसार रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड आरडीआइएफले भारतको रेड्डीज कम्पनीलाई दश करोड डोज खोप उपलब्ध गराउनेछ ।

तर यो खोप नेपालमा परीक्षण गर्ने वा नगर्ने हालसम्म कुनै टुङ्गो लागिसकेको छैन । नेपाल आफैले भ्याक्सिन निर्माण गर्न नसक्ने हुनाले अरु देशमा बनाइएको भ्याक्सिन चाँडो भन्दा चाँडो नेपाल भित्रयाउने कार्यमा नेपालले गृहकार्य गर्नु जरुरी छ ।

सम्बन्धित समाचार