नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।
रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई १२ लाख जरिवाना गरिएको छ । गएराती सम्पन्न इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गरेको आरोपमा कप्तान कोहलीलाई १२ लाख भारतीय रुपैया जरिवाना गरिएको आइपिएलले जानकारी गराएको छ ।
यस सिजनमा स्लो ओभर रेटका कारण कुनै कप्तानलाई जरिवाना गरिएको यो पहिलो पटक हो ।
सो खेलमा बैंगलोर पञ्जाबसँग ९७ रनले पराजित भएको थियो । पञ्जाबका कप्तान केएल राहुलले १३२ रनको शानदार पारि खेलको यस खेलमा कप्तान कोहलीको खराब प्रदर्शन रहेको थियो । उनले राहुलका दुई क्याच छोडेका थिए भने केवल १ रन बनाएर आउट भएका थिए ।