यसै वर्षभित्र भ्याक्सिन आउने कुरामा अमेरिका ढुक्क

ह्वाइट हाउसका प्रेस सचिव केली म्याकनेनीले केही दिनअघि संवाददाताहरू माझ भने- ‘२०२० को अन्त्य हुनुअघि नै अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने आशा छ । यदि ह्वाइट हाउसको आशा सत्यमा परिणत हुन सक्यो भने त्यो संसारका निम्ति ठूलो राहत हुने छ ।’

म्याकनेनीका अनुसार अनुसन्धाता तथा वैज्ञानिकहरू दिनरात यसै सालको अन्त्यसम्ममा भ्याक्सिन तयार गर्न लागिपरेका छन्। त्यसकारण पनि उक्त लक्ष्य पूरा हुने उनको भनाइ छ ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयम् नै भ्याक्सिनबारे चिन्तित छन् । राष्ट्रपति ट्रम्प पहिलो खोप अमेरिकामा बन्नुपर्ने धारणासहित त्यसका लागि हरेक प्रयत्न गर्न अनुरोध गरिरहेका छन् । उनी एक उद्योगपति समेत भएका कारण भ्याक्सिनको व्यापारबारे पनि सोचिरहेका छन् ।

अमेरिका भ्याक्सिन उत्पादन व्यावसायिक रुपमा हुनुपर्ने मान्यता राख्छ। उसले भ्याक्सिन वितरणमा पनि चासो राख्दै आएको छ ।

राष्ट्रपति ट्रम्पको चाहना मुताबिक भ्याक्सिन यही वर्ष बन्न सक्यो भने त्यो सबैभन्दा कम समयमा बनेको मान्न सकिने ह्वाइट हाउसको धारणाा छ ।

सम्बन्धित समाचार