दाजुबाट पटक-पटक बहिनी बलात्कृत, आमाले गरिनन् कुनै अवरोध

एक दाजुले आफ्नै बहिनीलाई पटक पटक बलात्कार गर्दै आएको खुलेको छ । भारतको लखनऊमा आफ्नै बहिनीलाई ८ वर्षदेखि निरन्तर बलात्कार गर्दै आएको खुलेको हो । आमाले पनि घटनाबारेमा लामो समयसम्म लुकाएर छोरालाई सहयोग गरेको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छोरीले दाजुबाट भएको बलात्कारको कुरा समयमै आमालाई भनेपनि आमाले कुनै अवरोध नगरेको बलात्कृत युवतीले बताएकी छिन् ।

पटक पटक दाजुबाट बलात्कारमा परेकी बहिनीले पुलिसलाई फोनमार्फत जानकारी गराएकी थिइन् । प्रहरीले दाजु र आमालाई गिरफ्तार गरेको छ । बालिकाले आफूलाई ८ वर्षको उमेरदेखि दाजुले निरन्तर बलात्कार गर्दै आएको बयान दिएकी छन् । बालिकाकी आमा पेशाले नर्स हुन् ।



बलात्कार गर्न खोजेपछि बिरोध गर्न थालेकी बालिकाले दाजुले ज्यान मार्ने धम्की दिएसँगै पुलिसमा खबर गरेकी थिइन् । बालिकाले आमालाई घटनाबारेमा बताए पनि दाजुलाई नै साथ दिएको आरोप लगाएकी छन् । अहिले ती बालिका बाल संरक्षण गृहमा छन् । आमा छोरालाई जेल पठाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 

सम्बन्धित समाचार