नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।
कुमारी बैंकमा एसिड पिडित ३ जना युवतीले रोजगारी पाएका छन् । एसिड पिडितलाई रोजगारी दिएर कुमारी बैंकले राम्रो काम गरेको हो जसलाई प्रसंसा नगरिरहन सकिन्न ।
बैंकका अनुसार काठमाडौं उपत्यकामा २ जना र मकवानपुरको हेटौडामा १ जनालाई स्थायी रोजगारीको व्यवस्था गरिएको हो । हेटौँडाकी विन्दवासिनी कंसाकार, काठमाण्डौमा बस्दै आएका जेनी खड्का र संगीता मगरले मार्केटिङ अफिसरका रुपमा रोजगारी पाएका हुन् ।
नेपाल सरकारले भने तेजाब (एसिड) छर्किनेलाई कडा कानुनको व्यवस्था गरेको छ । सरकारले एसिड छर्किनेलाई २० वर्षसम्म कैद र १० लाखसम्म जरिवानाको व्यवस्था गरेको छ ।