नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।
इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लगातार तेस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा साडियो माने आन्ड्रीयू रोबेर्टसन र डिओगो जोटाले एक एक गोल गरेका थिए । यासु सिजनमा वोल्भरहम्पटनबाट लिभरपुल आएका पोर्चुगिज विंगर जोटाले लिभरपुलका लागि डेभ्यु खेलमा नै गोल गरेर राम्रो शुरुवात गरेका छन् ।
त्यस्तै आर्सनलका लागि अलेक्जेन्डर लकाजेटेले एक गोल गरेका थिए । यो जितपछि लिभरपुलले यस सिजनक तिनै खेल जितेर ९ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा रहेको छ ।
साथै यस अघि दुई खेलमा लगातार जित हासिल गरेको आर्सनलको भने यो पहिलो हार हो । अब शुक्रबार राति इएफएल कपको अन्तिम १६ को खेलमा लिभरपुल र आर्सनल फेरी भिड्ने तालिका रहेको छ ।