रोमाञ्चक सुपर ओभरमा मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलोरको जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पुरा गर्दै बैंगलोरले मुम्बईलाई पराजित गरेको छ ।

यस सिजनमा यो दोस्रो सुपर ओभरबाट निर्णय भएको खेल बनेको छ । यस अघि किंग्स इलेभेन पञ्जाबलाई दिल्ली क्यापिटलले सुपर ओभरमा पराजित गरेको थियो । बैंगलोरले दिएको २०२ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा इशान किशन र केरन पोलार्डको विष्फोटक ब्याटिंग पछि २० ओभरमा ५ विकेट गुमाउदै २०१ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो ।



मुम्बईका लागि इशान किसनले ५८ बलमा ९९ रन बनाएर आउट भएका थिए । उनले २ चौका र ९ छक्का प्रहार गरेका थिए । त्यस्तै केरन पोलार्डले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अविजित ६० रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले १५, क्वेंटन डिककले १४, रोहित शर्माले ८ रन बनाएका थिए ।

बैंगलोरका बलर इसुरु उदानाले २ विकेट लिए भने वाशिंटन सुन्दर, युजबेन्द्र चहल र एडम जाम्पाले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डिभिलीयर्सले २४ बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाए । त्यस्तै देवदत्त पाडिक्कलले ५४ रन बनाए । पाडिक्कलले ४० बलमा ५ चौका २ छक्कासहित ५४ रन बनाए । त्यस्तै एरोन फिन्चले ३५ बलमा ७ चौका र एक छक्कासहित ५१ रन बनाए ।

त्यस्तै कप्तान विराट कोहली ३ रनमा आउट भए भने शिभम दुबेले १० बलमा अविजित रहँदै २७ रन बनाए । मुम्बई इण्डियन्सका बलर ट्रेन्ट बोल्टले २ विकेट लिए भने राहुल चहरले एक विकेट लिए । यस खेलमा बैंगलोरका एबी डिभीलियर्स प्लेयर अफ द म्याच बनेका थिए । योसँगै बैंगलोरले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ भने मुम्बईले आफ्ना तीन खेलमा दोस्रो हार बेहोरेको छ ।

आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ ।

सम्बन्धित समाचार