नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।
भारतको हाथरसकी दलित युवती मनिषा बाल्मीकीको साथमा भएको भयानक सामूहिक बलात्कार केसले भारतमा हंगामा मच्चाएको छ । हाथरस जिल्लाको चन्दपा थानाको गाउँमा १४ सेप्टेम्बरको बिहान १९ वर्षीय युवतीको साथमा सामूहिक बलात्कार भएको थियो ।
परिवारले बिहान साढे नौ बजे चार युवकले मिलेर सामूशिक बलात्कार गरेको आरोप लगाएका छन् । तर यसलाई प्रहरीले भने अन्जाम दिएको भन्दै भारतमा व्यापक विरोध प्रदर्शन भईरहेको छ । बलात्कार भएको ९ दिनपछि होशमा आएकी युवतीले आफ्नो बयान दर्ता गरेकी थिइन् । उनलाई पहिला अलीगढमा उपचारको लागि पठाइएको थियो ।
त्यहाँ अवस्था चिन्ताजनक भएपछि फेरि उनको थप उपचारका लागि उनलाई सफदरजंग अस्पताल पठाईयो । तर बिडम्बना, उनको हिजो मृत्यु भयो । पुलिसले अहिले चार आरोपीहरुलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ ।
मृतक किशोरीलाई सामूहिक बलात्कार गरेर उनको जिब्रो समेत काटिएको अवस्थामा फेला पारिएको थियो । साथै उनको कम्मर पनि तोडिएको थियो । यसैबीच प्रहरीले आफन्तको दर्दनाक चित्कारलाई बेवास्ता गर्दै मृतकको शव जलाईदिएको छ । परिवारले अन्तिम संस्कार रोकेपनि उनको प्रहरीले अन्तिम संस्कार गरिदिएको हो ।
उनलाई आफ्नो रितिरिवाज अनुसार अन्तिम संस्कार गरिएको हो । परिवारको मागमाथि बेवास्ता गर्दै २०० जना पुलिसले उनको अन्तिम संस्कार गरिदिएको हो ।