घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट केही मूल्य घटेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार डिजेल र मट्टितेल दुवैमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ।

जसअनुसार अब दुवैको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।



पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ। हाल मूल्य समायोजनपश्चात पनि भारतको रक्सौलसँग सीमा जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल प्रतिलिटर ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको निगमको दावी छ।

सम्बन्धित समाचार