आईसीएमआरले नयाँ तरिकाबाट थाल्यो कोरोना उपचार, जनावरको रगतको प्रयोग हुने

कोरोना भाइरसविरुद्ध लड्नका लागि सारा विश्वका वैज्ञानिकहरु लागि परेका छन् । वैज्ञानिकहरुले हरेक दिन कुनै न कुनै नयाँ तरिकालाई लिएर कोरोनाको उपचारका लागि रिसर्च गरिरहेका छन् ।

यसैबीच आईसीएमआरले अब हैदराबादको एक फार्ममा कम्पनी बायोलोजी ई लिमिटेडको साथमा कोरोनाको उपचारको नयाँ तरिका खोजेको छ । दुवै संगठनले मिलेर एक प्यूरीफाइड एन्टीसेरा विकसित गरेका छन् । वैज्ञानिकले यसलाई जनावर भित्र विकसित गरेका छन् ।



एन्टीसेरा जनावरबाट लिइएको एक ब्लड सिरम हो । यसमा कुनै पनि एन्टीजनसँग लड्नका लागि एन्टीबडी हुन्छ । डाक्टरका अनुसार यो कुनै पनि रोगको उपचार र त्यसलाई बचाउनको लागि इन्जेक्शनको रुपमा दिने गरिन्छ ।

अहिले कोरोनाको उपचारका लागि यसलाई बनाइएको छ । यसको मतलव अब कोरोनाको उपचार जनावरको रगतबाट गर्न लागिएको हो ।

सम्बन्धित समाचार