एक घण्टामै कोरोना पत्ता लाग्ने प्रविधिको विकास, शुल्क ५ सय मात्रै

भारतका वैज्ञानिकहरुको समूहले सस्तो र छिटो परीणाम आउने कोरोना भाइरसको परीक्षण गर्ने प्रविधिको विकास गरेका छन् । यो प्रविधि गर्भ रहे नरहेको परीक्षण गर्ने प्रेग्नेन्सी टेस्ट किट जस्तै र त्यति नै छिटो परिणाम आउने रहेको वैज्ञानिकहरुको दाबी छ।

प्रविधिको विकास अनुवांशिक सम्पादन प्रविधि सम्बन्धी वैज्ञानिकहरुको संस्था किस्परले निर्माण गरेको हो। फिलुदा नाम दिइएको सो परीक्षण प्रविधि मार्फत् कोरोना पोजेटिभ भए नभएको एक घन्टाभित्र थाहा हुने र यसको शुल्क पनि ५ सय मात्रै पर्ने बताइएको छ।​



फिलुदा भारतको प्रतिष्ठित व्यापारिक घराना टाटाले निर्माण गरेको हो। यो विश्वमै पहिलोपटक कागजबाट बनेको कोभिड–१९ परीक्षण प्रविधि हो।

सम्बन्धित समाचार