विश्वभर वास्तविक काेराेना संक्रमितको संख्या ८० करोड नजिक रहेको डब्ल्यूएचओको अनुमान

विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने निश्कर्ष निकालेको हो । डब्ल्यूएचओले विश्वभर १० प्रतिशतमा कोरोना भएको पनि अनुमान गरेको छ ।

अहिले विश्वभर तीन करोड ५४ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । तर डब्ल्यूएचओले संमितको वास्तविक संख्या ८० करोड नजिक रहेको अनुमान गरेको छ । विज्ञहरुले यसअघि पनि वास्तविक संमितको संख्या पुष्टि भएको भन्दा निकै धेरै रहेको बताउँदै आएका छन् ।



विश्वका विभिन्न देशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञा खुकुलो भएसँगै दोस्रो लहरको संक्रमण सुरु भएको छ ।

सम्बन्धित समाचार