विश्वभर कोभिड-१९ बाट दुई करोड ६८ लाखभन्दा बढी संक्रमणमुक्त

विश्वभरी फैलिएको कारोना भाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भएकाहरुको संख्या दुई करोड ६८ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले मङ्गलवार दिएको जानकारी अनुसार विश्वभरी कूल दुई करोड ६८ लाख ८९ हजार ७६८ जना कोभिड–१९ बाट संक्रमणमुक्त भएका हुन् ।

विश्वभरी अहिलेसम्म कूल तीन करोड ५७ लाख ३० हजार ९६५ जना संक्रमित भएका छन् । ती मध्ये दश लाख ४६ हजार ४८४ जनाको मृत्यु भएको छ । विश्वमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ९०८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण कुल दुई लाख १५ हजार ३९ जनाको मृत्यु भएको छ ।



त्यसैगरी दोस्रो धेरै संक्रमित भारतमा रहेका छन् । जहाँ कुल संक्रमितको संख्या ६६ लाख ८५ हजार ८२ रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख तीन हजार छ सयको मृत्यु भएको छ ।

तेस्रो धेरै संक्रमित हुनेमा ब्राजिल रहेको छ भने चौथो र पाँचौ धेरै संक्रमितहरु रहेको मुलुकमा रुस र कोलाम्बीया रहेका छन् ।

त्यसैगरी स्पेन, पेरु, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका संक्रमितहरुको संख्याका आधारमा अग्र दशमा पर्ने मुलुक हुन् ।

सम्बन्धित समाचार