नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असोज ।
ईसेवाले ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । कम्पनीले वेब ब्राउजरबाट लग इन गर्दा पासवर्ड अनिवार्य रूपमा परिवर्तन गर्न आग्रह गरेको हो ।
कम्पनीले इसेवामा रजिस्टर गरिएको मोबाइलमा एसएमएस वा इमेलमा प्राप्त टोकन राखि पास्वर्ड परिवर्तन गर्न आग्रह गरेको हो । कम्पनीले उक्त टोकन अरु कोहिलाई नदिन समेत आग्रह गरेको छ ।
ई सेवाको प्रमुख अपरेटिङ अफिसर रोशन लामीछानेले इन्टरनेटमा फिसिङ बढ्दो क्रममा रहेको कुरालाई ध्यानमा राखेर पासर्वड परिवर्तन गर्न आग्रह गरिएकाे बताए । केही समस्या नभए पनि मानिसहरुले इन्टरनेटमा प्रयोग गर्ने पासवर्ड र इ सेवामा सोहि पासर्वड प्रयोग गरेको कारण अरु व्यक्तिले इसेवाको खाता एक्सेस गर्न रोक्नका लागि आग्रह गरिएको बताएका छन् ।
एपलिकेशन तथा इन्टरनेटहरुमा सोहि पासर्वड राख्दा फिसिङ हुने प्रविति बढ्दै गएकोले सबै ग्राहाक मानुभावहरुलाई पासर्वड परिर्वतन गर्न आग्रह गरेको हो ।