उडिरहेका दुई विमान आपसमा ठोक्किंदा पाँच जनाको मृत्यु

उडिरहेका दुई विमान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा फ्रान्समा पाँच जनाको मृत्यु भएको छ ।

एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको बताइएको छ । स्थानीय समयअनुसार शनिबार फ्रान्सको दक्षिण–पूर्वी शहरमा उक्त लाइट विमानहरु दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।



दुर्घटना लगत्तै उद्धारका लागि ५० अग्निनियन्त्रक घटनास्थलमा खंदाटाइएका थिए । विमान जमिनमा खस्दा त्यसले कसैलाई क्षति नपुर्‍याएको बताइएको छ ।

सम्बन्धित समाचार