जनसंख्याभन्दा बढी कोरोना परीक्षण गर्ने पहिलो देश बन्यो यूएई

युनाइटेड अरब इमिरेट्स यूएई जनसंख्याभन्दा बढी कोरोना परीक्षण गर्ने पहिलो देश बनेको छ । सन् २०१८ को जनगणना अनुसार यूएइको जनसंख्या ९६ लाख ३१ हजार हो ।

खालिजटाइम्सका अनुसार यूएइमा हालसम्म जनसंख्याभन्दा बढी एक करोड ३ लाख २० हजारभन्दा बढी कोरोना परीक्षण गरिसकिएको छ । यूएई जनसंख्याभन्दा बढी कोरोना परीक्षण गर्ने पहिलो देश रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।



आइतबारसम्म यूएईमा कोरोना संक्रमितको संख्या एक लाख ५ हजार १३३ पुगेको छ । संक्रमितमध्ये ४४३ को मृत्यु भइसक्दा ९५ हजार ९७३ उपचारपछि स्वस्थ बनेको कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरले जनाएको छ ।

सम्बन्धित समाचार