नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असाेज ।
साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि तोलाको ४ सय रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार पनि सुन प्रतितोला एक हजार २ सय रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।