धुलिखेल अस्पतालले कोरोना संक्रमित भर्ना गर्न माग्न थाल्यो २ लाख धरौटी

धुलिखेल अस्पतालमा कोरोना संक्रमित बिरामी भर्ना गर्नका लागि २ लाखसम्म नगद धरौटी राख्नै पर्ने भएको छ। सोमबार एक सूचना जारी गर्दै सामान्य लक्षण भएका बिरामी भर्ना गर्न पनि कम्तीमा ५० हजार र आइसियूमा कोरोना संक्रमितलाई भर्ना गर्नुपरे २ लाख रुपैयाँ धरौटी राख्नै पर्ने व्यवस्था गरिएको जानकारी गराएको हो।

सरकारले कोरोना संक्रमितको उपचार र परीक्षणबाट पछि हटेसँगै अस्पतालले यस्तो जानकारी गराएको हो। लक्षण नभएका बिरामीले पनि कम्तीमा दिनको ३५ सय रुपैयाँ तिर्नुपर्ने समेत स्पष्ट पारेको छ। यसका साथै औषधि तथा रोग निदानमा थप खर्च भए त्यसको पनि जिम्मेवारी संक्रमित स्वयंले लिनुपर्ने सूचनामा अस्पतालले उल्लेख गरेको छ।



तर आइसियूमा कोरोना संक्रमितलाई भर्ना गर्नुपरे २ लाख रुपैयाँ धरौटी राख्नु पर्ने समेत अस्पतालले उल्लेख गरेको छ। दैनिक रूपमा आइसियूमा राखिएका बिरामीले भने १५ हजार खर्च असुली गरिने जनाएको छ।

 

सम्बन्धित समाचार