नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कात्तिक ।
आइतबारयता तीन दिन स्थिर रहँदै आएको सुनचाँदीको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।
यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।