उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । प्रधानले आफू २८ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको बताए ।

काठमाडौंमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यावसायिक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफूलाई विजयी बनाउने विश्वास प्रधानले व्यक्त गरे । प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतीले उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ ।



महासंघको बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकालले यसअघि नै उम्मेद्वारी घोषणा गरिसकेका छन्। वरिष्ठ उपाध्यक्ष नै आउँदो कार्यकालको लागि स्वतस् अध्यक्ष हुने प्रावधान रहेकाले उद्योग वाणिज्य महासंघको चुनावमा वरिष्ठ उपाध्यक्ष पदलाई निकै महत्वका साथ हेरिन्छ । महासंघको ५४ औं वार्षिक साधारणसभा चुनाव आउँदो मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

सम्बन्धित समाचार