नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ कात्तिक ।
नेपाल विद्युत् प्राधिकरणले आज पनि काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले बिहान ७ देखि विद्युत् कटौती गरिएको छ ।
प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् १० बजेअघि आउने छैन ।
विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरणले माफी माग्दै तोकिएको समय भन्दा तोकिएको काम सकिए त्यस भन्दा अगावै विद्युत् सेवा पुनः सञ्चालनमा आउने जानकारी दिएको छ ।