नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कात्तिक ।
स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
महासंघले मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ तोकेको छ । आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला ९५ हजार र तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भई १ हजार २१० पुगेको महासंघले जनाएको छ ।