बैंकका ६ हजारभन्दा बढी कर्मचारी कोरोना संक्रमित, तिहार बिदामा बैंकहरु नखुल्ने

तिहार बिदामा बैंकहरुले कार्यालय सञ्चालन नगर्ने भएका छन् । कोभिड–१९ का कारण बैंकका कर्मचारीहरु संक्रमित भएका कारण तिहार बिदाको कात्तिक २९ गतेदेखि मंसिर एक गतेसम्म कार्यालय बन्द हुने भएको हो। दसैशैं बिदामा पनि बैंकहरुले सम्पूर्ण कार्यालय बन्द गरेका थिए।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण पनि बढ्दै गएको र पछिल्ला दिनमा यस्तो संख्या झन् बढ्दै गएको भन्दै बैंकहरुले यस अवधिमा नियमित बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेका हुन्।



बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ सेवा भने सुचारु हुने नेपाल बैंकर्स संघले जनाएको छ। साथै एटिएम सेवासमेत यथावत रुपमा प्रयोग गर्न सकिने छ। कोरोना भाइरस संक्रमणबाट बँच्न तथा जोखिम न्युनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न बैंकहरुले ग्राहकहरुलाई अनुरोध गर्दै आएका छन्।

सम्बन्धित समाचार