पछिल्ला ४ महिनामा कोरोना नियन्त्रणमा ७ अर्ब खर्च भयो : सरकार

पछिल्लो चार महिनामा मात्र कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चालु आवका पछिल्ला चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाा खर्च भएको जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यवस्थापन कट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको उल्लेख गरेको छ। प्रयोगशाला परीक्षणका लागि हालसम्म १ अर्ब १२ करोड ४० लाख र आयसियू, भेन्टिलेटर र औषधि सुदृढीकरणका लागि १ अर्ब २९ करोड ९० लाख रुयैयाँ निकासा भएको बताए।



उक्त रकममा हाइ डिपेन्डेन्सी युनिटका लागि पठाइएको ३ अर्ब २५ करोड रुपैयाँसमेत समावेश भएको प्रवक्ता गौतमले बताए। हालसम्म खर्च भएको यो रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायको मात्र हो।

सम्बन्धित समाचार