नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम

नेपाली सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । साताको अन्तिम दिन विहीबार ६ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । विहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर एक हजार सात सय ७८ दशमलव १२ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार हुने सबै उपसमूहहरू विहीबार उकालो लागेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक पनि ३० अंक माथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीका अनुसार यसअघि एकैदिन चार अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक अहिले १८ सयनजिक पुगेको छ ।



‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशत अर्थात् ४.९८ प्रतिशतले बढेको छ । आज ५६ हजार तीन सय ४१ कारोबारबाट एक सय ९८ कम्पनीका एक करोड ४० लाख ६२ हजार पाँच सय ७ कित्ता सेयर किनबेच भएका छन् । जसको कारोबार रकम ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार