नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।
मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामै १ हजार ८ सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको रु ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ ।
त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि तोलामा रु ३० ले घटेर प्रतितोला ११ सय ८० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।