नवकान्तिपुर संवाददाता
काठमाडौं
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गतेदेखि कारोबार संचालन गर्दै आइरहेको सिभिल बैंक बुधबारदेखि दस वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको छ । सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा ‘म एक जिम्मेवार सिभिलियन’ सहित हाल विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै विविध कार्यक्रमहरूको आयोजना गरी आफ्नो दशौंं वार्षिकोत्सव मनाएको बैंकले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
विज्ञप्तिमा बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निम्न तीन मुख्य काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ–
क) बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरूबाट कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्ने ।
ख) बैंकले ‘हाम्रो टिम नेपाल’ सँग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरूका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रबन्धको गर्ने । तथा
ग) बैंकले मातातीर्थस्थित रहेको मातातीर्थ वृद्धाश्रममा आश्रृत वृद्धवृद्धाहरूका लागि ३ महिनालाई पुग्ने चामल सो वृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गर्ने ।
दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेबिनार कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धिहरू प्रस्तुत गरेका थिए भने बैंक संचालक समितिका अध्यक्ष ई.ईच्छाराज तामाङले सो उपलब्धिहरू हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्ण ग्राहकहरू, नियमनकारी निकाय, पत्रकार-मिडियाकर्मी मित्रहरू, शेयरधनी, प्रबद्र्धक मित्रहरू तथा अन्य सम्पूर्ण शुभचिन्तक महानुभावहरूप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गरेका थिए ।