भारतमा ४ हजारमा पाईने औषधी नेपालमा २५ हजार ?

गम्भीर स्वास्थ्य समस्या देखिने कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको औषधि ‘रेमडिसिभिर’ को विराटनगर नाकाबाट तस्करी हुने गरेको तथ्य खुलेको छ । इन्जेक्सनको रुपमा प्रयोग हुने यो औषधि भारतबाट मोरङको नाकाबाट विराटनगरतर्फ लुकाई छिपाई तस्करी हुने गरेको पाइएको हो ।

प्रहरीले औषधि तस्करीमा संलग्नलाई पक्राउ गर्दा रेम्डेसिभिर पनि बरामद भएको छ । भारतीय बजारमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म पाइने रेम्डेसिभिर नेपालका अस्पतालहरुमा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको बताइन्छ ।



कडा लक्षणसहितका कोरोना संक्रमित बढ्न जाँदा आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिने बिरामीलाई यही औषधि चलाउने गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले हालै विराटनगर–१३ स्थित सैनक टोलका ३६ वर्षीय नरेश यादवको घरबाट तस्करी भएर आएको अन्य औषधिसँगै १० भाइल रेमडिसिभिर पनि बरामद गरेको हो ।

सम्बन्धित समाचार