नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।
मुक्तिनाथ विकास बैंक लि. ले काठमाडौं महानगरपालिका वडा नं. ३, लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमि पूजा तथा भवनको शिलान्यास आज सम्पन्न गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमि पूजा तथा शिलन्यास गरेका थिए । आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेपछि बैंकिङ्ग सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्य, सेयरधनी, ग्राहक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।