कस्तो छ, अस्पताल भर्ना भएका सन्दीपको स्वास्थ्यअवस्था ?

अस्पताल भर्ना भएका कोरोना संक्रमित क्रिकेटर सन्दीप लामिछानेले आफू अहिले पहिला भन्दा ठीक भएको बताएका छन् । काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका सन्दीपले अस्पतालबाटै सामाजिक संजालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिंदै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् ।

कोरोना संक्रमण पुष्टी भएपछि होम आइसोलेसनमा बसेका सन्दीपलाई श्वास प्रश्वासमा सामान्य समस्या आएपछि आइतबार ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । सन्दीपले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिदै आफू केहि दिनमा नै ठीक हुने विश्वास व्यक्त गरेका छन् ।



सन्दीप कोरोना संक्रमण भएका नेपालका पाँचौ राष्ट्रिय खेलाडी हुन् । यस अघि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी र रोहित कुमार पौडेललाई कोरोना संक्रमण भएको थियो ।

सम्बन्धित समाचार