त्रिविले निकाल्यो कक्षा संचालन गर्ने बारेको सूचना

त्रिभुवन विश्वविद्यायलले एक सूचना प्रकाशित गरी आफ्ना मातहतका क्याम्पस, विभाग तथा स्कुलहरूलाई स्थानीय निकायसँग समन्वय गरी भौतिक रूपमा नै कक्षा संचालन गर्न त्रिवि कार्यकारी परिषदले गरेको निर्णयअनुसार सूचना तथा जनसम्पर्क महाशाखाले अनुरोध गरेको छ ।

कोरोनाको कहरका कारण लामो समयदेखि क्याम्पस तथा स्कुलहरू संचालन हुन सकिरहेका थिएनन् । विशेष गरी काठमाडौं उपत्यकामा कोरोना भाइरसको प्रभाव कम नभइरहेको अवस्थामा क्याम्पस तथा विद्यालयहरू संचालन गर्दा उत्पन्न हुन सक्ने समस्यालाई विशेष ध्यान दिनुपर्ने देखिन्छ भने नगर्दा शैक्षिक सत्र नै अलपत्र पर्ने देखिन्छ ।



यस विषयमा प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख डा. जीवनधर ज्ञवालीसँग जिज्ञासा राख्दा त्रिविले एमफिलको परीक्षा लिइरहेको र मंसिर २८ देखि स्नातकोत्तर तह चौथो सेमिस्टरको, पौष १२ देखि स्नातकोत्तर तह दोस्रो सेमिस्टरलगायतको परीक्षा हुने निश्चित भइसकेकोले त्यसपछिसम्मको समयलाई विश्लेषण गरेर कक्षा सञ्चालनका बारेमा सोच्न सकिने बताए ।

सम्बन्धित समाचार