नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ मंसिर ।
सिभिल बैंकले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको जनाएको छ ।
अब ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरूले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरू सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसँग भुक्तनी गर्न सक्ने भएका छन् ।
करिब पाँच लाखभन्दा बढी ग्राहकहरूलाई ११४ शाखाहरू तथा ३ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करिब ७० अर्वभन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्वभन्दा बढी कर्जा लगानी गरिसकेकोे पनि जनाएको छ ।