नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ पुस ।
त्रिभुवन विश्वविद्यालयले दिँदै आएको हिउँदे विदालाई यस वर्ष रद्द गरेको छ । त्रिवि कार्यकारी परिषदले यस वर्षको हिउँदै विदालाई रद्द गरी सम्भव भएसम्म विद्यार्थीलाई भौतिक रूपमा नै उपस्थित गराएर पठनपाठन संचालन गर्न विज्ञप्तिमार्फत् आग्रह पनि गरेको छ ।
कोरोनाको करहका कारण २०७६ चैत्र ७ गतेदेखि त्रिविअन्तर्गतका सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको पठनपाठन बन्द छ भने यसबीच वैकल्पिक रूपमा अनलाइन कक्षा सञ्चालन गरिएको भए पनि त्यो त्यति प्रभावकारी नभएको गुनासो आएको थियो । पछिल्लो समयमा उच्च सतर्कता अपनाई त्रिविका परीक्षाहरू चाहिँ संचालन गर्न थालिएको छ ।
हिउँदे विदा रद्द गरी सम्भव भएसम्म भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न र त्यो सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गरी कक्षा सञ्चालन गर्न विज्ञप्तिमा भनिए पनि सबै खालका विद्यार्थीलाई प्रभावकारी हुने ‘अन्य वैकल्पिक विधि’ कस्तो हुनेबारे केही खुलाइएको छैन ।