बेलायतमा भेटियो कोरोनाको नयाँ प्रजाति, विश्वभर बढ्यो चिन्ता

बेलायतमा कोरोना भाइरसले नयाँ प्रजातिलाई लिएपछि अहिले विश्वभर चिन्ता बढेको छ। ४० भन्दा बढी देशले बेलायत आवतजावतमा रोक लगाइसकेका छन्। यसबीच युरोपेली संघ एक साझा नीति बनाउन छलफल गरिरहेको छ।

डेनमार्कमा पनि कोरोनाका नयाँ रूप फेला परेका छन्। जसले गर्दा स्विडेनले त्यस देशसँगको आवतजावत बन्द गराएको छ। तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने नयाँ रूपमा देखिएको कोरोना भाइरसबाट डराउनुनपर्ने बताएको छ। डब्लूएचओका आपतकालीन प्रमुख माइक रायनले भने, ‘महामारी फैलिने क्रममा भाइरसको नयाँ रूप देखिनु सामान्य कुरा हो, जुन नियन्त्रण बाहिर छैन।’



तर आइतबार बिहान बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले भाइरसको नयाँ स्वरूप नियन्त्रण बाहिर गएको भनेका थिए।

सम्बन्धित समाचार