महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुपर्छ भन्दा महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

साउदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले पाँच वर्ष आठ महिनाको जेल सजाय तोकेको हो ।

उनलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।



हथलुल र उनको परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन् । हथलुललाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ता अघि पक्राउ गरिएको थियो । उनले त्यो मुद्दालाई जोडदार रूपमा उठाएकी थिइन् ।

सम्बन्धित समाचार